२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु, २३ घाइते



अ+ अ-

अछाम । अछाममा दाहसंस्कारको लागि शव र मलामी बोकेका ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पन्चदेवल नगरपालिका ४ का ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटनामा परी २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार ट्रयाक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । जसमध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको छ ।