२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको धरानको पिण्डेश्वरधाममा पदयात्रा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धरानको पिण्डेश्वरधाममा पदयात्रा गरेको छ ।

साउनको दोस्रो सोमबार पारेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरू, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको सहभागितामा पदयात्रा गरिएको हो ।

उहाँहरुले धरानका अन्य मठ मन्दिरमा आयोजित विविध कार्यक्रममा पनि सहभागिता जनाउनुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि राप्रपाले साउनको पहिलो सोमबार काठमाडौँको मैतिदेवी मन्दिरबाट पशुपतिनाथसम्मको पदयात्रा गरेको थियो ।

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।