२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुरेश अधिकारीका सांगीतिक सिर्जनामाथि प्रतिबन्ध नलगाइयोस्’



अ+ अ-

काठमाडौँ । गीतरसंगीतसम्बन्धी विभिन्न सात संस्थाले संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीको सांगीतिक कृतिहरुमाथि लगाइएको प्रतिबन्धको भर्त्सना गरेका छन् ।

यही साउन ४ गते नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन रेडियो ब्रोडकास्टर्स फोरम नेपाल (आरबीएफ), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल ९बान० र सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याब) ले संयुक्त विज्ञप्ति जारी गर्दै वरिष्ठ गीतकार, संगीतकार एवं गायक अधिकारीका सांगीतिक सृजना प्रसारण नगर्ने जनाएका थिए ।

गीतरसंगीतसम्बन्धी विभिन्न ती सात संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आरबीएफ, बान र एकोर्याबजस्ता राज्यको महत्वपूर्ण चौथो अंग मानिने सञ्चार क्षेत्रको रुपमा चिनिने रेडियोहरुको प्रतिनिधि संस्थाहरुको नामबाट सुरेश अधिकारी जोडिनुभएको कुनै पनि सांगीतिक सृजना प्रसारण नगर्ने भन्ने अराजक र गैरसंवैधानिक घोषणा हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको भन्दै सभ्य समाजमा अपाच्य तथा दूरगामीरुपमा राज्यका संस्कृतिकर्मी र स्रष्टा सर्जकको अभिव्यक्ति स्वतन्त्रमाथिको नाङ्गो प्रहारका रुपमा लिँदै निरंकुश कदमप्रति हामी खेद प्रकट गर्दछौँ ।”

राष्ट्रका सांस्कृतिक धरोहर स्रष्टा कलाकार र तिनको संवैधानिक हक अधिकारको रक्षाका विषयमा अधिकारीले कुनै पनि व्यक्ति, संस्था वा निकायको नाम नतोकी आफ्नो हक हनन भइरहेको कुरालाई गर्नुभएको गुनासो र आक्रोश पोख्दा राख्नुभएको तितो सत्य मिश्रित अभिव्यक्ति र त्यसभित्र निहित जायज मागलाई विभिन्न अर्थमा बंग्याइएको विज्ञप्तिमा उल्लेख छ ।

स्रष्टाका गुनासा र असन्तुष्टिलाई आफ्नो निजी फेसबुक वालमा खरो भाषामा पोखेकै आधारमा अधिकारीका सम्पूर्ण सांगीतिक सिर्जनामाथि नै प्रतिबन्ध घोषणा गरी नबजाउने असान्दर्भिक र बौद्धिक जमातमाझ असभ्य र निकृष्ट देखिने निर्णय फिर्ता लिन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

व्यक्ति प्रहारजस्ता आदिम र बर्बर युगीन मानवता विरोधी कार्यलाई कायम राख्ने हो भने समस्त स्रष्टा र कलाकारका सांगीतिक सिर्जनाहरु प्रसारण गर्न पनि रोक लगाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

यसरी विज्ञप्ति जारी गर्ने संस्थाहरुमा गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, संगीत उत्पादक संघ नेपाल, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत रोयल्टी संकलन समाज नेपाल रहेका छन् ।