२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सुन प्रकरणलाई लिएर गृह र अर्थमन्त्रीको राजीनामा माग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरणलाई लिएर संसदमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ ।

एमालेले सुन प्रकरणलाई लिएर आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरिले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै संसदमा शसक्त आबाज उठाउने बताउनु भयो । प्रमुख सचेतक गिरिले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरूले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’

प्रमुख सचेतक गिरिले संसद् अवरोध गर्ने वा नगर्ने अहिले कुनै निर्णय नभएको बताउनुभयो ।




भर्खरै