१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठकमा के भयो?



अ+ अ-

काठमाडौं ।केन्द्रीय कमिटी बैठकका लागि नेकपा (माओवादी केन्द्र)ले एजेन्डा तय गरिरहेको छ ।

पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन १७ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘१७ बाट केन्द्रीय कमिटी बैठक बस्दै छ । अध्यक्ष ज्यूले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेन्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो । केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भयो। सबैले आ-आफ्ना कुरा राखे’, महराले भने । पार्टीका शीर्ष नेताहरू पुनः ४ बजे छलफलमा जुट्ने गरी बैठक सकिएको उनले जनाए ।

माओवादीले केन्द्रीय कमिटी बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी गरेको छ ।