२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सुन तस्करीबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरायो, गृहमन्त्रीको राजीनामा नमाग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षरमा नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गराएका हुन् ।

रास्वपाले सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको रास्वपाका उपसभापति डीपी अर्यालले बताए । उनले भने, ‘हामीले संसद अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै सरकारलाई जिम्मेवार बनाउन चाहेका हौं’।

यस्तै, रास्वपा महामन्त्री डा मुकुल ढकालले आफूहरूले अहिले नै गृहमन्त्रीको राजीनमा नमाग्ने बताए । उनले भने, ‘हामीले गृहमन्त्रीको राजीनमा माग्दैनौं । तस्करीबारे वृहद अनुसन्धान हुनुपर्छ भन्ने हो । भोलि गृहमन्त्री दोषी देखिएमा अर्कै कुरा हुन्छ’।