१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हीतमा छः उद्योगमन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हीत गर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक, २०८० एक पक्षलाई मात्रै हेरेर नल्याएको बताउनु भयो। उहाँले उक्त विधेयक इकमर्स कारोबारलाई व्यवस्थित बनाउने गरी ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले वस्तु उत्पादक कम्पनी तथा व्यवसायीहरुले सुपर मार्केट तथा अनलाइन प्लेट फर्मबाट पनि कारोबार गर्न पाउने बताउनु भयो । मन्त्री रिजालले अनलाइनमार्फत व्यापार गर्ने अर्थात इकमर्समा आवद्ध भएर कारोबार गर्नेहरुलाई मात्रै यो कानूनको अधिनमा रहने बताउनु भयो।

उहाँले भन्नुभयो,‘सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक उपभोक्ताको हीतको लागि मात्रै पनि छैन । सेवा प्रदायक हीतको लागि पनि हो । अचार बनाउने संस्थाले जुनसुकै विद्युतीय अनलाइनमार्फत खरिद बिक्री गर्न सक्नुहुन्छ । कसैले अनलाइनमार्फत व्यापार गर्दछ भने त्यो विद्युतीय व्यापार भित्र पर्छ । जसले इकमर्समा आवद्ध भएर कारोबार गर्छ । उ मात्रै यो कानूनको अधिनमा रहन्छ । फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे कानूनले छुँदैन । भोलिको दिनमा अनलाइनबाट सुन अर्डर गर्दा बिस्कुट,पित्तलहरु आउँलान् । बिस्कुटको ठाउँमा हुबहु पित्तल बनाएर पठाउँदा उ दण्डित हुने की नहुने त्यसलाई समेट्नु पर्छ । ऐन ठगिनेलाई र ठग्ने दुवैलाई नियमन गर्न मात्रै नभएर सबैलाई समेट्ने गरी कानून बनाएको हो ।’

उहाँले फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे विद्युतीय व्यापार ऐनले नछुने बताउनु भयो। उहाँले अनलाइनबाट सुन अर्डर गर्दा पित्तलहरु आउन सक्ने विषयलाई समेत खाल गरेर दण्डित गर्नेगरी कानून निर्माण गरिएको बताउनु भयो ।