२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैलिदै डेंगु, महामारीको रूप लिने खतरा



symbolic picture
अ+ अ-

काठमाडौ । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ ।

जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो । त्यसै गरी काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको छ । धादिङ जनवरीमा २ जनामा डेंगु देखिएकोमा जुलाई २४ सम्म पुग्दा डेंगु संक्रमितको संख्या ४ सय १ पुगिसकेको छ ।

डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौं, संखुवासभा, म्याग्दी, कन्चनपुर, रूपन्देही र मोरङ रहेका छन् । जसमा काठमाडौं पाँचौं स्थानमा रहेको छ ।

प्रदेश स्तरमा कोशीमा २ हजार ७ सय ५४, वागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३ सय ५४ जना, सुदूरपश्चिममा ३ सय १६ जना, लुम्बिनीमा १ सय ६६ जना, मधेस प्रदेशमा २२ जना र कर्णालीमा २० जना डेंगुका संक्रमित भएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।