२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा कोशी सरकारको नेतृत्व गर्ने



file photo
अ+ अ-

विराटनगर । उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई सर्वोच्चले बदर गरेसँगै पुनर्वहाली पाएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् ।

सर्वोच्च अदालतले बिहीबार कांग्रेस संसदीय दलका नेता थापाको सरकार असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् ।

गत असार २१ गते थापाले सभामुख बाबुराम गौतमको समेत समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै बदरको मागसहित एमाले संसदीय दलका नेता कार्कीले असार २२ गते रिट निवेदन दिएका थिए । सोहि रिटमा बिहिबार न्यायाधीश ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको हो ।

कोशी प्रदेशसभामा ९३ जना सांसद रहेकोमा सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ ।