२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह



अ+ अ-

ललितपुर । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भन्नुभयो, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ । ”

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिष्ट्रार डा अधिकारीले भन्नुभयो, “चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।”

सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उहाँले बताउनुभयो । रासस