२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल स्वदेश फिर्ता



file
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिङ्गापुरको भ्रमणमा थिए । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए ।