२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको पटका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

एजेन्सी । थाइल्याण्डको एक पटाका गोदाममा शनिबार भएको विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका एक वरिष्ठ अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक शहरमा भवन निर्माणको क्रममा वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले एएफपीसँग भन्नुभयो, “सुन्गाई कोलोकमा पटाका भण्डारण गर्ने गोदाममा आज अपराह्न विस्फोट भएको छ, बिस्फोटबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म नौ पुगेको छ भने ११५ जना घाइते भएका छन् ।

उहाँले भन्नुभयो,“अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रारम्भिक अनुसन्धानले स्टिल वेल्डिङ प्रक्रियाको क्रममा प्राविधिक त्रुटि भएको देखाएको छ, किनकि भवन निर्माणाधीन छ ।”

स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गरिएको फुटेजमा ठूलो मात्रामा धुवाँ हावामा उडिरहेको र विस्फोटका कारण थुप्रै पसल, घर र सवारी साधनमा नराम्रोसँग क्षति पुगेको देखिएको छ ।

गोदामबाट १०० मिटर टाढा बस्ने प्रत्यक्षदर्शी सेक्सन टेसेनले भन्नुभयो, “म घरभित्र आफ्नो फोनसँग खेलिरहेको थिएँ, अचानक मैले ठूलो आवाज सुनेँ, अनि मेरो पूरै घर हल्लियो ।”

“त्यसपछि मैले मेरो छानामा भ्वाङ परेको देखेँ । मैले बाहिर हेरेँ र मैले घर भत्किएको र जताततै मानिसहरू भुइँमा लडिरहेको देखेँ । त्यहाँ अस्तव्यस्त अवस्था थियो ।

थाइल्यान्डको निर्माण क्षेत्रमा कमजोर सुरक्षा व्यवस्था अपनाएको पाइन्छ, जसका कारण घातक दुर्घटनाहरू सामान्य हुने गर्छन् ।

गत महिना बैङ्ककमा निर्माणाधीन सडक पुल भत्किँदा दुई जनाको मृत्यु भएको थियो ।