२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागोयाः गभर्नर बर्खास्तीको माग गर्दै बुझाइएका अधिकांस हस्ताक्षर नक्कली



अ+ अ-

जापान: जापानको नागोया प्रिफेक्चरका गभर्नरको बर्खास्थीको माग गर्न बुझाइएका अधिकांस हस्ताक्षर अस्वीकृत भएपछि हस्ताक्षर संकलन अभियान संचालन गरेका संसद सचिवालयका पूर्व सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर ओमुरा हिदेआकीको बर्खास्थिको माग गर्दै निर्वाचन आयोगमा पेश गरिएका मध्य ८३ प्रतिशत हस्ताक्षर निर्वाचन कार्यालय बाट अस्वीकृत भएपछि प्रहरीले हस्ताक्षर बारे अनुसन्धान थालेको थियो । 

अनुसन्धान पश्चात निर्वाचन कार्यालयमा बुझाइएका ४ लाख ३५ हजार जनाको हस्ताक्षर मध्य झन्डै ३ लाख ६१ हजार भन्दा बढीको (८३ प्रतिशत) हस्ताक्षर दुरुपयोग गरेको आशंकामा ५९ बर्षीय ताखाहिरो तानाखालाई पक्राउ गरिएको हो । उनलाई स्वायत्त शाषन येन उल्लंघनको आरोप लगाइएको छ ।

जापानमा स्थानीय स्वायत्तता कानून बमोजिम मतदाताहरूले संसदका सदस्यहरू, प्रमुख, उपराज्यपाल, मेयर, उप(मेयर, चुनाव प्रशासन समिति, अडिट कमिटी र सार्वजनिक सुरक्षा आयुक्तको खारेजीका लागि मतदाताहरुले निबेदन दिन पाउछन । १ तिहाइ मतदाताहरुले बर्खास्थी अनुरोध (रिकल)गर्ने र त्यो सदर भएमा ६० दिन भित्र निर्वाचन गर्नु पर्ने प्राबधान छ । यहि प्राबधानालाई टेक्दै संसद सचिवालयका पूर्व सचिब ताखाहिरो तानाखाले हस्ताक्षर संकलन गरेका थिए । 

यस अघि आइची प्रिफेक्चरको प्रान्तीय चुनाबमा पराजित भएका उनि नागोया नगरका मेयर कावामुराको पहलमा ुआईची १० लाख रिकल एसोसिएसनु नामक सस्थामा महासचिबका रुपमा कार्यरत थिए । उक्त सस्थामा महासचिब भएपछि उनले हस्ताक्षर अभियान संचालन गरेको उल्लेख गरिएको छ । 

पक्राउ पछि प्रहरीले नागोयामा रहेको उनको घरमा छापा समेत मारेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।