२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा सवारी दुर्घटना दुई जनाको मृत्यु



अ+ अ-

मकवानपुर । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस