२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’: मुख्यमन्त्री चौधरी



अ+ अ-

लुम्बिनी  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभएको छ । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई भारतको उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीले बताउनुभयो । उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबुलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग प्रदेश सरकारले नै वार्ता गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठूलो समस्या थियो, केबुलकार बनेपछि उहाँहरुलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य भएको छ”, मुख्यमन्त्री चौधरीले भन्नुभयो । निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्न पर्यटकीय पूर्वाधारको प्रवर्द्धन र बजारीकरणमा प्रदेश सरकार निजी क्षेत्रका साथमा रहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै उहाँले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिट्टै अन्तर्राष्ट्रियस्तरको ‘लोरेट एन्ड लिडर’ कार्यक्रम गर्न लागेको बताउनुभयो ।

सो अवसरमा लुम्बिनी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयसँगै भारत उत्तर प्रदेशका नागरिकलाई लक्षित गरेर एक सय ५० कोठा, क्यासिनो र एक हजार जना क्षमताको बैंक्वेट हलसहित पाँचतारे होटेलसमेत गरी पाँच अर्ब केबुलकार परियोजनामा लगानी गरेको बताउनुभयो ।

केबुलकारको टप स्टेसन पाल्पा वसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर नेपालीसँगै भारतीय हिन्दू धर्मावलम्बीहरुको आस्थाको ठूलो धरोहर र शक्तिपीठ भएकाले सञ्चालनको दुई महिना नपुग्दै ४० प्रतिशत पर्यटकको हिस्सा भारतीयको भएको उहाँले बताउनुभयो । केबुलकारको प्रत्येक टिकट शुल्कको दुई प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई छुट्याइएको अध्यक्ष ढकालले बताउनुभयो । रासस