२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओएमजी २’ ले पायो ‘ए’ सर्टिफिकेट, सेन्सर बोर्डबाट कुनै कटौती भएन



अ+ अ-

एजेन्सी । अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ लाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । बोर्डले फिल्ममा कुनै पनि कटौती नगरेपनि यसमा २५ वटा परिवर्तन गर्न पक्कै सुझाव दिएको छ ।

यी परिवर्तनहरूमा सबैभन्दा ठूलो परिवर्तन यो हो कि फिल्ममा अक्षयलाई शिवको रूपमा नभई शिवको भक्तको रूपमा देखाउनु पर्छ ।

एक दिनअघि सोमबार सेन्सर बोर्डले फिल्मको ट्रेलरलाई युए सर्टिफिकेट दिएको थियो । योसँगै अब ट्रेलर र फिल्म दुवैको रिलिजको बाटो खुलेको छ ।

चलचित्रमा बोर्डले सुझाव दिएको २५ मध्ये १४ परिवर्तन गर्न निर्माता सहमत भएको बताइएको छ । तर, बाँकी परिमार्जन गर्न नचाहेमा निर्माताले यसका लागि बोर्डलाई पनि मनाउनुपर्नेछ ।

यससँगै यो फिल्म सन्नी देओल स्टारर ‘गदर २’ सँगसँगै ११ अगस्टमा रिलिज हुने पनि तय भएको छ । फिल्मको समय २ घण्टा ३६ मिनेटको हुनेछ । बोर्डको क्लियरन्सका लागि लामो समयदेखि अलपत्र परेको यस चलचित्रको प्रचारप्रसारमा पनि ठूलो असर परेको छ ।

यस चलचित्रमा अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।