२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेका व्यक्तिलाई हतकडीसहित भगाएपछि बारामा स्थानीय र प्रहरीबीच भिडन्त



अ+ अ-

सिमरा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त दोहोरो भिडन्त भएको छ । हतियारसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन करिब तीन सयको सङ्ख्यामा आएका स्थानीय र प्रहरी बीच भिडन्त दोहोरो भिडन्त भएको हो ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार रहेको आशकामा छापा मारी लामालाई पक्राउ गरेको थियो । सोहि क्रममा स्थानीयहरुले प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन भएका हुन्।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । भिडन्तमा प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ ।

प्रहरीले छापा मारी लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको छ ।वन्यजन्तुको सिकारीमा संलग्न रहेका लामाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।