२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले संसदमा सुन प्रकरणबारे अनुसन्धान गर्न छानबिन समितिको प्रस्ताव गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति बनाउन प्रस्ताव गर्ने भएको छ ।

कार्यव्यवस्था समितिको बैठकमा आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने र छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुन: अवरोध गर्ने बताए । उनले यसबारे अहिलेसम्म सरकारबाट कुनै जवाफ नआएको र एमाले चुप लागेर नबस्ने बताए । एमालेले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले सुरू भएको छैन ।