२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेरामोक्स प्रविधि कार्यान्वयन गर्न खोज्दै दूरसञ्चार प्राधिकरण



अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली ९टेरामोक्स० कार्यान्वयन गर्न लागेको छ ।

टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न उक्त प्रणाली लागु गर्न खोजेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उक्त प्रणाली स्थापना गर्नका लागि दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर ९तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी० रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात गरिसकेको छ । तर यसका लागि टेलिकम सेवाप्रदायकहरू तयार नहुँदा यो प्रणाली कार्यान्वयनमा आउन आउन सकेको छैन ।

टेरामोक्स के हो ?

दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न तथा यसको नियमनका लागि दूरसाञ्चर प्राधिकरणले टेरामोक्स स्थापना गर्ने योजना ल्याएको हो ।

प्राधिकरणका अनुसार यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षणरन्यूनीकरण गर्न तथा सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने छ ।​

प्राधिकरणले यो प्रणालीले दूरसञ्चार कम्पनीहरुको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलापहरु रोक्नरपहिचान गर्ने कार्यमा सहयोग गर्ने बताएको छ ।

हाल विभिन्न क्षेत्रबाट दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार ग्राहक संख्यामा वृद्धि हुँदै गर्दा पनि आम्दानी घटिहेको, पटकरपटक कम्पनीहरुको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्बन्धमा प्रश्न उठिरहेको छ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तर यकिन गर्न नमूना ड्राइभ गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहकको सेवा पाउने अधिकार तथा सरकारले गुमाइरहेको अर्बौंको राजश्वको रोकथाम गर्न र भविष्यमा राज्यले अपनाउनुपर्ने नीति नियमको तर्जुमा गर्न टेरामोक्स सिस्टम जडान गर्न लागिएको प्राधिकरणले बताउँदै आएको छ ।

विसं २०६८ देखि २०७६ सम्मको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तथ्यांकअनुसार नेपलमा कल बाइपासबाट मात्र १२ अर्बभन्दा पनि धेरै आम्दानी गुमेको देखिन्छ । सीआईबीको पहुँचबाहिरको विवरणको कुनै हिसाबकिताब हुन सकेको छैन । यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान गर्न अत्यावश्यक देखिएको नियामक प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार टेलिकम अपरेटरको ग्राहकको संख्या बढदै जाने, भ्वाइस डेटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने, तर आम्दानी घटिरहेको अवस्थामा टेरामोक्सले वस्तुगत विवरण बाहिर ल्याउनेछ ।

अर्कोतर्फ दूरदराजका दूरसञ्चार सेवाका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौँसम्म टेलिकम अपरेटरले बिग्रिएका सेवा सुचारु नगर्ने, बेलाबेलामा टेलिकमको बिलिङ सिस्टममा वास्तविक वा कृत्रिम समस्या आउने वा समयमै बिलिङ सिस्टम परिवर्तनरअपग्रेड नगर्दा ‘अन्डर बिलिङ’ हुन गई राजस्वमा घाटा व्यहोर्नुपर्ने स्थिति छ । यस्ता समस्या र बेथितिलाई नियमन गर्न टेरामोक्स प्रविधि उपयोगी हुने प्राधिकरणको भनाइ छ ।




भर्खरै