काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ६ सयले बढेको हो । हिजो (सोमबार) प्रतितोला रु ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज बढेर प्रतितोला रु ९३ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य भने बढेर प्रतितोला रु ९२ हजार ९ सय कायम भएको छ ।
यता चाँदी पनि प्रतितोला रु १३९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







