२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी चम्किँदा मियामी लिग्स कपको अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । इन्टर मियामीले लिग्स कपको अन्तिम १६ को यात्रा तय गरेको छ । भर्खरै सम्पन्न राउण्ड ३२ को खेलमा मियामीले ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मियामीको जितमा लियोनल मेसी नायक बने ।

उनले खेलको सातौं मिनेटमा नै गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सेजर अरावोले गोल गर्दै ओर्लान्डोलाई १–१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई २–१ ले अगाडि बढाए । यस्तै, ७२ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोली यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।