२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काउली’ को सफलतापछि हरिवंशले ल्याए ‘ए केटा मादलु पड्का’



अ+ अ-

काठमाडौँ । ‘काउली’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले बजारमा फेरी नयाँ गीत ल्याएका छन् । उनले आफ्नै शब्द, स्वर र संगीतमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गायनमा पनि ‘काउली’ कै गायीका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गीतले गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँछन् । उनी भन्छन्, ‘यो सन्देशमुलक गीत होइन । यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’

नवराज उप्रेतीले छायांकन र भुपेन्द्र अधिकारीले सम्पादन गरेका यस गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।

यस्तै, गीतको भिडिओलाई गम्भिर विष्टले निर्देशन गरेका छन्  ।




भर्खरै