२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समितिको बैठक: सदस्यहरूले धारण राख्ने क्रम जारी



अ+ अ-

काठमाडौँ । बुधबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । आज पनि केन्द्रीय सदस्यहरूले धारण राख्ने क्रम जारी नै रहनेछ ।

बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेका छन् ।