२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक जावेद अली नेपालमा



अ+ अ-

काठमाडौँ । बलिउड गायक जावेद अली नेपाल आएका छन् । आज होटल सोल्टीमा आयोजना हुन लागेको ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी हिजै बिहीबार नेपाल आएका हुन् ।

उनका गीतहरु निकै लोकप्रिय रहेका छन् । उनले फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५ सय भन्दा बढी फिल्मका गीत गाएका छन् ।

सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए । उनले नेपालमा भने पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी गीतहरु गाउने आयोजकले जनाएको छ ।