काठमाडौं । राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारीहरु र प्रदेश समितिका अध्यक्षको सहभागीता रहेको छ । यसै गरी उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाही लगायतको उपस्थिति रहेको छ ।
बैठकमा समसामयिक राजनीतिको समिक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रीत हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पूर्बअध्यक्ष कमल थापा सहित केही नेताहरु पार्टी बाट बाहिरिए पछिको अबस्थाका बारेमा समेत समिक्षा हुने जनाईएको छ ।













