२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपरेसन थिएटरमा डाक्टरहरूले किन हरियो वा निलो लुगा लगाउँछन् ?



अ+ अ-

एजेन्सी । तपाई कुनै न कुनै बेला अस्पताल जानुभएको हुनुपर्छ वा फिल्ममा अपरेसन थिएटरको दृश्य देख्नु भएको होला । के तपाईंले कहिल्यै डाक्टर र नर्सहरूको पोशाक होसियारीपूर्वक हेर्नुभएको छ ? अस्पतालमा स्वास्थ्य परीक्षणका लागि बसेका डाक्टरले सेतो रङको लुगा लगाउछन् तर अपरेशन थिएटरमा काम गर्दा पोशाक फेरिन्छ ।

यो किन हुन्छरु के यसको विज्ञानसँग कुनै सम्बन्ध छ वा यो केवल एक परम्परा होरु शल्यक्रिया गर्दा डाक्टरहरूले किन हरियो वा नीलो कपडा मात्र लगाउँछन्, जानौं।

पहिले अस्पतालका सबै चिकित्सक र कर्मचारीले सेतो कपडा लगाउने गर्थे । तर सन् १९१४ मा चिकित्सकको लागि भनेर हरियो रंग छुट्याईएको थियो । त्यसयता यसलाई ड्रेस कोडको रुपमा बुझिन्थ्थो । तर, आजकल जो कोही डाक्टरहरू पनि नीलो लुगा लगाउँछन्।

अपरेसन थिएटरमा यी दुई रङको लुगा लगाउनुको पछाडि एउटा खास कारण छ । क्लिनिक र अस्पतालमा डाक्टरहरूले सेतो लुगा लगाउँछन् तर अपरेसन थिएटरमा जाँदा लुगा हरियो वा नीलो हुन्छ भन्ने तपाईंले याद गर्नुभएको होला। किनभने डाक्टर र नर्सहरूको आँखालाई यी रङहरूबाट राहत मिल्छ। यसका पछाडि केही वैज्ञानिक कारण पनि छन् ।

कतिपय अवस्थामा चिकित्सकले लामो समयसम्म अपरेशन थिएटरमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म रगतको रंग रातो देखिने गर्छ । लामो समयसम्म आँखाको अगाडि रातो रङ रह्यो भने आँखामा धेरै तनाव हुन्छ । जसका कारण धेरै पटक चिकित्सकहरुले शल्यक्रियामा ध्यान दिन सक्दैनन् । उनीहरुको आँखाले लामो समयसम्म रातो रङ देख्न नपरोस्, त्यसैले चिकित्सकहरुले शल्यक्रिया गर्दा हरियो कपडा लगाउने गर्छन् ।