२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि अस्पतालमा भिड बढे



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।”

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिनुभयो ।

“रोगको सङ्क्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन”, उहाँले भन्नुभयो । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा श्रेष्ठ बताउनुहुन्छ । सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा पैmलिने उहाँको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उहाँले सुझाव दिनुभयो । रासस