२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा रेल दुर्घटना, पन्ध्र जनाको मृत्य



अ+ अ-

कराँची । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताउनुभएको छ । उद्धार टोलीहरू घटनास्थलमा पुगेका तथा थप टोलीलाई पनि घटनास्थलमा परिचालन गरिएको जानकारी उहाँले दिनुभएको छ ।

दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताएका छन् । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन अर्को रेल पठाइएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिएभने एक सय ५० जना घाइते भएका थिए । सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो । रासस