२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी-२०: दीपेन्द्रको टिम टाइगर्सको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । ग्लोबल टी-२० क्यानडा २०२३ को उपाधि नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले जितेको छ ।

आईतबार भएको फाइनल खेलमा स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्सले अन्तिम बलमा ट्रफि आफ्नो नाम गरेको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो । आन्द्रे रसेलले अन्तिम बलमा दुई रन चाहिँदा छक्का हान्दै खेल जिताएका थिए । त्यसअघि दोस्रो बलमा पनि रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए ।

रसेल ६ बलमा १चौका र २ छक्कासहित २० रनमा नट आउट रहे । दीपेन्द्र १६ रन बनाएर आउट भएपछि रसेललाई मौका दिएका थिए । यस्तै, शेर्फान रदरफोर्ड ३८ रनमा नट आउट रहदा क्रिस लिन ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए ।

बलिङ तर्फ सर्रेका इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । सन्दीपले ३ ओभरमा २० रन दिए भने विकेट लिन सकेनन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले सर्वाधिक ५६ रन बनाउदै नटआउट रहे । आयन खानले २६ रन बनाए भने अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिदा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।




भर्खरै