२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतले राहत दिएपछि राहुल गान्धीको सांसद सदस्यता पुनर्स्थापना 



अ+ अ-

एजेन्सी । मानहानि मुद्दामा सर्वोच्च अदालतले राहत दिएपछि लोकसभा सचिवालयले कांग्रेसका सांसद राहुल गान्धीको सांसद सदस्यतालाई पुनर्स्थापना गरेको छ ।

लोकसभा सचिवालयले एक सूचना जारी गर्दै उनको अयोग्यता खारेज भएको र उनको सदस्यता पुनर्स्थापना गरेको घोषणा गरेको हो। राहुल गान्धी केरलको वायनाडबाट लोकसभा सांसद हुन् ।

सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज गरिएको थियो ।

शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सदस्यता पुनर्स्थापना गरिएको हो।