२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोलिफर्म’ भेटिएको सर्दु खोलाको पानी पिउदै हर्कले भने ‘हेरौँ है त मलाई पनि डेंगी लाग्छ लाग्दैन?’



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘कोलिफर्म भेटिएको सर्दु खोलाको पानी पिउदै पानीका नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ ।

धरानमा बितरण गरिएको पानीमा कोलिफार्म भेटिएको पुष्टि भएको थियो । सबैतिर बाट गुनासो आएपछि उपमहानगर प्रमुख साम्पाङले उक्त खोलाको शीरमा गएर बोटलबाट पानी निकाली सिधै पिएका छन् । उनले भनेका छन्, “सबैले यो पानी पिएर डेंगी लाग्यो भनेका छन्, म यो पानी पिउँछु, हेरौँ है त मलाई पनि डेंगी लाग्छ लाग्दैन ।”

उनले भनेका छन्, “यति मिठो पानीलाई गाली गरेर !, हुन त यसलाई फिल्टर गरेर खाने हो तर म डाइरेक्ट नै खाइदिन्छु, हाम्रो प्रोजेक्टलाई गाली गर्नेहरुले हेर्नुहोस् भोलि मलाई यो पानी पिएर डेंगी लागेछ भने यो पानीले डेंगी लाग्छ भनेर भनौँला ।”

उक्त खोलाबाट वितरण गरिएको पानीमा कोलिफर्म भेटिएपछि धरानबासीमा डेंगी लागेको र आँखा पाक्ने रोग फैलिएको व्यापक गुनासो आएपछि उपमहानगर प्रमुख साम्पाङले उक्त खोलाको शीरमा गएर बोटलबाट पानी निकाली सिधै पिएका छन् ।