२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुबाट सात जनाको मृत्यु, सात हजार भन्दा बढि संक्रमित



अ+ अ-

काठमाडौँ । नेपालमा सातहजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ ।

स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो । सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने बताउनुभयो । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीलेजानकारी दिनुभयो ।

डा.मरासीनिलेभन्नुभयो , ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजिस्वास्थ्य संस्थाको रेकर्ड हामीसंग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९र सन् २०२२ मा महामारीको रुप लिएको थियो ।’

‘यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसक्या छ । सबैभन्दाबढि केस सुनसरीबाट रीपोर्ट भएको छ । सुनसरीको पनि खास गरी धरान उपमहानगरपालीकामासंक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्युु भएको छ ।जतिपनि विरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्युु भएको छैन, आइसोलेटेडडेंगीका कारण मृत्यु भएको छैन । कतिपय विरामीहरु किड्नीका हुनुहुन्थ्यो । कतिपयलेडायलायसीस गराइरहनुभएको थियो । कतिपय विरामी सुुगरको हुनुहुन्थ्यो ।’

स्वास्थ्य सेवा विभागस्वास्थ्यमन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबैअस्पतालमा निशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सचिव डा.पोखरेलले भन्नुभयो, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमाहुन्छ । र, यो निशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो । टेष्टमा शुुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं । कहिँ पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केहि अस्पतालमा डेंगुलागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं ।’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍योभने कमसेकमपनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगीलागेपनि गम्भिर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भिर विरामीमात्रैअस्पतालमा आएकाले विरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेकोछैन ।’

नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।