२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा बाढीपहिरोमा फसेका १७ जनाको उद्धार



अ+ अ-

काठमाडौँ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा आएको बाढी र पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको छ ।

काठमाडौं उपत्यकाका एसएसपी दिनेशराज मैनालीको अनुसार उपत्यकाभित्र विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको हो ।

अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँमा बाढी पस्नुको साथै केहि स्थानमा पहिरोले संरचनाहरूमा समेत क्षति पुर्याएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मा पहिरोले टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन् । उनको उद्धार गरी केएमसी अस्पतालमा लगिएको एसएसपी मैनालीले जानकारी दिए ।

त्यस्तै बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जना र त्रिपुरेश्वरस्थित टहरामा बसेका दुई जनाको उद्धार भएको छ ।

ललितपुरको सानेपास्थित कालोपुलमुनि जेसिबी डुबानमा पर्दा चालकको उद्धार गरिएको एसएसपी मैनालीले बताए । यस्तै, भक्तपुरको हनुमन्ते खोला राममन्दिर नजिकै पानीमा फसेका तीन जना, मूलपानीमाअलपत्र परेका दुई जनाको उद्धार गरिएको छ ।