२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।

नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन ९ईयु०ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो ।

पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय र सहकार्यमा जोड दिनुभयो । उहाँले युरोपसँगको सिधा हवाई सम्पर्क पुन: स्थापित गर्न तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।

युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपाललाई युरोपियन यूनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल उद्योग परिसङ्घले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राखेर पर्यटन समिति गठन गरेको जानकारी गराउनुहुँदै उहाँले निजी क्षेत्रकोतर्फ परिसङ्घ मन्त्रालयसँग नजिकमा रहेर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

परिसङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रबद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नतिको काम तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसङ्घले ध्यानाकर्षण गराएको छ ।

छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउनसक्ने बताउनुभयो । युरोपियन युनियनसँग पुन: सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोर रुपमा अगाडि बढ्ने विश्वास उहाँले दिलाउनुभयो । मन्त्री किरातीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने विषयमा आफूले असहमति राखेको बताउनुभयो ।

नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गर्न ‘ट्रङ्क रुट’का लागि केही जहाज र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले पर्यटन उद्योगको विकासका लागि परिसङ्घसँग मिलेर काम गर्ने बताउनुभयो । रासस




भर्खरै