२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर लेखिएको छैन– माओवादी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुनै पनि कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर नलेखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले संसद् सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलो रहेको बताए ।

‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला? शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला ? कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ? अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरु कहाँ गएर प्रकट गर्ने ?’, उनले भने,’त्यसकारण प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाईहरुले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाईहरु सदन राख्न अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले सुनकाण्ड मात्र नभएर पहिल्यै देखि धेरै काण्डहरुमा पनि कुरा उठेको बताए । उनले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको जग्गा किर्ते गरेर हराएको विषयमा अनुसन्धान गरेर सरकारले जरामा पुगेको कुरालाई प्रशंसा गर्नुपर्ने बताए ।

सांसद पौडेलले यसअघि अरु नै गृहमन्त्री भएको बेलामा पनि सुन तस्करी हुने गरेको उल्लेख गर्दै अहिलेको सरकारले सुन समातेको विषयमा अनुसन्धान गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुपर्ने बताए ।