२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो साता १९.५ प्रतिशतमा मात्रै कोरोना देखियो



अ+ अ-

काठमाडौं । भारतमा पछिल्लो सातामा कोरोनाभाइरसको नयाँ संक्रमित संख्या घट्दै गएको छ । पछिल्ला सात दिनमा संक्रमितको संख्या भारतमा अघिल्लो साताभन्दा घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको थियो तर त्योभन्दा अघिल्लो साता संक्रमण दर २२.४ प्रतिशत थियो।

भारतभरि मे ८ मा ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३ लाख ५४ हजारमा मात्रै कोरोना देखा परेको थियो। पछिल्लो यस डाटालाई हेर्दा भारतमा अबभने केहि स्थिर हुन लागेको हो कि भन्ने देखिन्छ तर पनि मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा हालसम्म २ करोड ४६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । त्यस्तै कोरोना संक्रमणबाट २ लाख ७० हजारले ज्यान गुमाएका छन् । यता सक्रिय संक्रमितको संख्या भने ३६ लाख छन्।