२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ ।

बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए ।

सांसद थापाले साउन २ गते अवैध सुन बरामद प्रकरणको आज २२ दिन पुग्दा पनि सरकारले अहिलेसम्म उच्चस्तरीय छानबिन समिति गठन गर्न नसकेको भन्दै समिति गठन नभएसम्म सदन चल्न नसक्ने जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका थिए । सभामुख घिमिरेले मुलुक र जनताको समस्या सम्बोधन गर्ने थलो संसद्को कार्यसूची अगाडि बढाउन बारम्बार आग्रह गर्दा पनि एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते दिनको १ बजे बस्नेछ ।