२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध



तस्विर : फाइल
अ+ अ-

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२:३० बजे कन्टारमा सडक भासिएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।”

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास–१२ देउरालीमा मङ्गलबार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फी सञ्चालन भइरहेको छ । रासस