२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर पहिरो अपडेट: हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला



अ+ अ-

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ ।

बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । रासस