२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शेट्टीको ‘सिंघम अगेन’मा अजय देवगनकी बहिनी बन्दै दीपिका



अ+ अ-

एजेन्सी । रोहित शेट्टीको सुपरहिट फ्रेन्चाइजी ‘सिंघम’को तेस्रो पार्ट ‘सिंघम अगेन’मा अभिनेत्री दीपिका पादुकोण महत्वपूर्ण भूमिकामा देखिने भएकी छन् ।

उनी रोहित शेट्टीको कप युनिभर्समा पहिलो महिला प्रहरीको भूमिकामा देखिनेछिन् ।

दीपिकाले यो एक्सन प्याक फिल्मको तयारी पनि सुरु गरिसकेकी छिन् । फिल्ममा अजय देवगनको बहिनी हुने लेडी सिंघमको भूमिकामा दीपिकाको भूमिका रहने बलिउड हंगामाले जनाएको छ ।

सिंघम अगेनमा दीपिकाको चरित्र निकै ठूलो रहने र उनले आफ्नो भूमिकाका लागि ३५ देखि ४० दिनसम्म सुटिङ गर्ने बताइएको छ ।

सिंघम अगेनमा टाइगर श्राफ पनि क्यामियो गर्दै देखिनेछन् । सिंघम अगेनको सुटिङ सेप्टेम्बरमा सुरु हुनेछ र अगस्ट २०२४ मा फिल्म रिलिजमा आउनेछ ।