२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुख  घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए ।

त्यसको लगत्तै सत्तारुढ दलका सांसदहरुले विपक्षीको कुरा सुनेर मात्रै सदन अगाडि बढ्न नसक्ने भन्दै उठेर विरोध जनाएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताए ।

एमाले सांसदहरुले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै नारावाजी गरेपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित भएको घोषणा गरे । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।