२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्रहरी डोजरसँगै पुग्यो कपन



अ+ अ-

काठमाडौं । कपनको खहरे खोला उत्खनन गर्ने तयारीस्वरुप काठमाडौँ महानगरपालिका डोजरसँगै त्यहाँ पुगेको छ ।

खहरे खोला उत्खनन गर्ने तयारीका लागि अहिले अहिले नापी कार्यालय चावहिलमा काठमाडौँ र बूढानीलकण्ठका प्रतिनिधिबीच छलफल भइरहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिका सबै तयारी गरेर कपनमा आएको छ । “वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौँ, डोजर चल्ने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो ।

तर महानगर प्रमुख बालेन शाह नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिकाले असन्तोष व्यक्त गरेको छ । नापी विभागमा महानगर प्रमुख नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौँले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले छलफल गरेर निस्कने समाधानअनुसार मात्र डोजर चलाउने पक्षमा रहेको जनाएको छ । नगरप्रमुख मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका मेयर बालेनसँग भएको सहमतिअनुसार नै अगाडि बढ्ने जानकारी दिनुभयो ।