३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई स्तब्ध पार्दै लाइप्जिगले जित्यो जर्मन सुपर कपको उपाधि



अ+ अ-

एजेन्सी । जर्मन सुपर कपको उपाधि आरबी लाइप्जिगले जितेको छ । गएराति भएको फाइनलमा बायर्न म्युनिखलाई ३–० गोलले स्तब्ध पार्दै लाइप्जिगले उपाधि जितेको हो ।

लाइप्जिगको यो पहिलो उपाधि समेत हो । एलियन्ज अरिनामा भएको फाइनलमा लाइप्जिगका लागि तीनै गोल डानी ओल्मोले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै लाइप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा उनले दोस्रो गोल गरे । यस्तै, ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ओल्मोले ह्याट्रिक पूरा गरे । महँगो मूल्यमा इंग्लिस क्लब टोटेनहमबाट बायर्न अनुबन्धित भएका ह्यारी केन खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।