२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताउनुभएको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनुभएको हो । यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।

प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वाासमा लिएर अगाडि बढाउने विश्वास दिलाउनुभएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुन:निर्माण समेत तत्काल शुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पुर्‍याएको छ ।सो अवसरमा अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै सुदूरपश्चिम अत्यधिक बर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा९माओवादी केन्द्र०का नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्न समेत निर्देशन दिनुभएको थियो । रासस