२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तको ‘जेलर’ले चार दिनमै कमायो १५० करोड



अ+ अ-

एजेन्सी । शुक्रबारबाट प्रदर्शनमा आएको सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारतमा १५० करोडको कलेक्सन पूरा गर्ने बाटोमा छ ।

एक रिपोर्ट अनुसार, फिल्मले आइतबार भारतभर ३८ करोड कलेक्सन गरेको छ । यो तमिल फिल्म हिन्दी, तेलुगु, मलयालम र कन्नड भाषामा डब गरिएको छ । सबै भाषाको कुरा गर्ने हो भने जेलरले भारतमा अहिलेसम्म १४६.४ करोड कमाइसकेको छ ।

विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले करिब २२२.१ करोड कमाएको छ र चाँडै नै फिल्मले ३०० करोड क्लबमा आफ्नो स्थान बनाउनेछ । फिल्मले आफ्नो ओपनिङ डेमा करिब ४८.३५ करोड कमाएको थियो ।

रजनीकान्तको फिल्मको भारतभर ९३ लाख टिकट बिक्री भइसकेको छ । जहाँ सनी देवलको फिल्म ‘गदर २’ रिलिज भएपछि मात्र ३ दिनमा ७० लाख टिकट बिक्री भएको थियो । अगस्ट १० देखि अगस्ट १३ सम्म देशभरका करिब २ करोड १० लाख मानिस फिल्म हेर्न सिनेमा हल पुगेका थिए । सन्नी देवल र रजनीकान्तको फिल्मले चार दिनमा करिब ४०३ करोड कलेक्सन गरेको छ ।

निर्देशक नेल्सनको फिल्म जेलरमा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा छन् । फिल्ममा टाइगरले एउटा समूहलाई रोक्न खोज्छ जसको उद्देश्य कुनै पनि हालतमा आफ्नो नेतालाई जेलबाट बाहिर निकाल्ने हो । फिल्ममा राम्या कृष्णन, तमन्ना भाटिया, विनायकन, योगी बाबु, मोहनलाल र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।




भर्खरै