काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला रु ४ सयले घटेको छ । हिजो (बुधबार) प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको छापावाला सुन आज घटेर प्रतितोला रु ९१ हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मुल्य पनि घटेर ९१ हजार १ सय कायम भएको महासंघले जनाएको हो ।
त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३३५ रुपैयाँ कायम भएको छ ।







