२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा एकैदिनमा एक लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु



अ+ अ-

मस्को । रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् । 

अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ कुल सङ्क्रमित मध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन् । अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै रहेको जनाइएको छ । 
सोही अवधिमा ९७ हजार १६३ जना अस्पतालबाट फर्किएका छन् । नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि दिनप्रति दिन बढ्दै गइरहेको छ । (रासस/एएनआई)