२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिनमा कुनै व्यक्तिले कतिपटक स्मार्टफोनको स्क्रिनमा हेर्छ, थाहा छ ?



अ+ अ-

काठमाडौं । २ सय भन्दा धेरै विद्यार्थीहरुमा गरेको अध्ययनबाट यसको जवाफ – एकजना युवाले एक दिनमा औषतमा ६० पटक आफ्नो फोन अनलक गर्दो रहेछ र करिब २२० मिनेटसम्म फोन अनलक रहँदो रहेछ । दिनमा ६० पटक फोन प्रयोग गर्दा साढे ३ घण्टासम्म स्क्रिनमा हेरिदो रहेछ । कतिपयले त एक दिनमा आफ्नो फोन १ सय पटकसम्म अनलक गर्ने गरेको पनि पाइएको छ ।

मोबाइल फोन चलाउने बानी :
न्युयोर्क विश्वविद्यालयकी प्राध्यापक नताशा शुल पनि आफूले आवश्यकता भन्दा धेरै फोनको प्रयोग गर्ने गरेको स्विकार गर्छिन् । उनी भन्छिन्, ‘कुनै महत्वपूर्ण बोर्ड बैठक वा आफ्नो विभागको बैठकका बेला मलाई यो महसुस हुन्छ कि मेरा सहकर्मीहरुको ध्यान म तिर हुन्छ तर म चाहीँ स्मार्टफोनको स्क्रिनमा औँला चलाउन तथा इमेल हेर्नबाट आफुलाई रोक्न सक्दिन ।’

आखिर कुनै चिजमा के त्यस्तो गुण हुन्छ जसमा मानिसहरुको लत बस्दछ ? नताशा यस विषयकी विज्ञ पनि हुन् । उनका अनुसार कुनैपनि व्यक्तिलाई आफूतर्फ आकर्षित गर्ने चिजहरु जस्तै सेक्स, आफूलाई मनपर्ने मानिस तथा मिठो खानेकुरा रहने गरेकोमा अहिले कम्प्युटर प्रविधि पनि थपिएको छ । यसले पनि हामीलाई आफूतर्फ आकर्षित गर्दछ र त्यसको लत लाग्दछ ।

कम्पनीहरुले जाल बुन्छन् :

कम्पनीहरुले रिवार्ड तथा फिचर्सका विषयमा फरक फरक प्रयोग गर्ने गर्दछन् । एपलाई लगातार प्रयोग गर्ने विषयमा फोनले विभिन्न तथ्यहरु उपलब्ध गराउँदछ । यसले मानिसहरुलाई ती एप चलाउने लत बस्दछ । एयाल भन्छन्, ‘मैले दिक्कपना हटाउनका लागि इमेल जस्ता प्रविधिको प्रयोग सुरु गरेँ । जब हामी एक्लोपन महसुस गर्दछौँ तब फेसबुक चेक गर्दछौँ ।

जब कुनै जानकारीलाई लिएर हामी पक्का हुँदैनौँ तब गुगल हेर्दछौँ । जब हामी दिक्क मान्छौँ तब मन बहलाउनका लागि युट्युब हेर्दछौँ । हामी आफ्नो आवश्यकता अनुसारका उत्पादनहरुको प्रयोग गर्दछौँ ।’

उनका अनुसार हामीलाई आफुमा झुण्डाइराख्नका लागि कम्पनीहरुले मनोवैज्ञानिक सिद्धान्त तथा प्रविधिको प्रयोग गर्दछन् । र, यहीँ कारणले हामी फोनबाट टाढा हुन सक्दैनौँ । हामी मानिसहरु जति धेरै मोबकाइल ग्याजेट्सहरु चलाउन पाउछौ तेती नै खुसि महसुस ठान्छौ।