२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै बनाउनुहोस् मिठो र स्वादिलो रसबरी, यस्तो छ बनाउने सजिलो तरिका



अ+ अ-

काठमाडौं । कुनै विशेष खुशीमा या खाना खाइसकेपछि विशेष किसिमका मिठाइहरु खाने चलन छ । ती मिठाइहरु मध्ये दुधबाट बनेको रसबरी धेरैजसोको रोजाइमा पर्ने गर्छ। बजारमा रसबरी किन्दा, बासी र अस्वस्थ पनि हुने हुँदा, घरमै बनाएर ताजा, मीठो र स्वस्थ्य रसबरी खान सकिन्छ ।

यसरी बनाउनु होस् रसवरी :

भाँडामा दुध तताउने ।

तताएको दुधमा कागतीको रस राखेर दुध फटाउने ।

फाटेको दुधलाई जालीमा कपडा राखेर छान्ने

अब त्यसलाई चिसो पानीले पखाल्ने ।

पखालेपछी त्यही कपडामा पोको पारेर हल्का निचोर्ने ।

निचारिसकेपछी केही छिन झुन्डाउने ।

केही छिनपछि निकाल्ने र मुछ्ने ।

मुछेर पीठोको डल्लो जस्तै बनाउने ।

चिरा नपर्ने गरि साना-साना डल्ला बनाउने ।

एउटा भाँडामा चिनी पानी पकाउने ।

त्यो चिनी पानीमा अब ती साना-साना डल्ला राख्ने ।

चिनी पानीबाट निकालिसकेपछि ५-६ घण्टा जति फ्रिजमा राख्ने ।