२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेड र अक्सिजन अभावलाई यसरी व्यबस्थित गरौँ !



अ+ अ-

काठमाडौं । कोरोना महामारी तीब्रगतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।

१) हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा 'फिभर क्लिनिक' संचालन गर्ने, हरेक नागरिकले पिसिआर पोजिटिभ आउने वित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

 २) फिभर क्लिनिकमा Triage गर्ने अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे र सिटि लगायतका परीक्षण गर्ने  कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।

३) यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।

४) हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन रु यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय र सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।

५) समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने र गराउने वातावरण निर्माण गर्ने ।

६) कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने र गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।

७) संक्रमण नफैलिएका जिल्लाको औषधि र उपकरण र जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने । 

८) सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ, अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।

९) जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

१०) स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै ५० किलो चामल र ५ किलो दाल) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

 यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ। मानवताको उच्च उदाहरण बनौं ।